तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एकीकृत समाजवादी) बैठक : निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदनमाथि छलफल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटीको बैठकमा निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको निष्कर्षसहित छलफलका लागि प्रतिवेदन पेस गर्नुभएको हो ।

आजको बैठकमा नेकपा एस का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको भावी कार्यक्रम, कार्ययोजनाका साथै रणनीतिक योजनाहरूबारे धारणा राख्नुभएको पार्टीले जनाएको छ ।

यस्तै पार्टी केन्द्रीय सचिवालयले तयार पारेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदनमाथि आजको बैठकमा पार्टीका ७ वटै प्रदेशका प्रदेश इन्चार्ज र अध्यक्षहरूले आ आफ्नो धारणा राख्नुभएको महासचिव बेदूराम भुषालले जानकारी दिनुभयो ।

पार्टी स्थायी कमिटीको बैठक भोलि पनि बस्ने र बैठकमा निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन माथि बृहत् छलफल गरी आगामी दिनका लागि पार्टीको रणनीति तयार गरिने नेकपा एसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button