जिसस धनकुटाको पहिलो निर्णय: प्राविधिक धार विश्वविद्यालय स्थापना गरिने
धनकुटा । जिल्ला समन्वय समिति धनकुटाको पहिलो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले धनकुटालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नका लागि एक प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न जिल्लाका सात वटै स्थानीय तह, प्रदेश र सङ्घीय सरकार लगायत अन्य दातृ निकायसँग आवश्यक आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय भूमिका एवं सहयोगको लागि समन्वय गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा बसेको बैठकमा नेपालको संविधान अनुसार स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको ऐनको बारेमा समितिका निमित्त समन्वय अधिकारी जितमान जिमीले प्रस्तुत गर्नुभएको थियो ।
बैठकले स्थानीय तह निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता, निर्वाचनको समयमा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा उपप्रमुख सावित्रा राई, सदस्यहरु, जिससका विभिन्न तहका कर्मचारीहरूको उपस्थिति थियो । बैठकले जिल्ला सभाको बैठक असार १३ गते बस्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्