आगलागीमा परी एक जनाको मृत्यु
अछाम । अछाममा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ नेटाकोटका स्थानीय ५० वर्षीय नर बहादुर साउँदको आगलागीमा परि मृत्यु भएको हो ।
सोमबार राति स्थानीय केशर साउँदको पसलमा सुतिरहेको अवस्थामा आगलागी हुँदा उहाँको मृत्यु भएको हो ।
सोमबार राति मदिरा सेवन गरी स्थानीय केशर साउँदको पसलमा सुतिरको बेला आगलागीमा परि निजको मृत्यु भएको बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्