तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई जबरजस्ती गर्ने पुरुष पक्राउ

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले बालिकालाई गत जेठ २३ गते रिब्दीकेट गाउँपालिका–२ को सानोडम्बकस्थित जङ्गलको खोल्सामा जबरजस्ती करणी गरी फरार भएका थिए । विक पछिल्लो समय तानसेन नगरपालिका–१४ को रनुवामा बस्दै आएका थिए ।

पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि खोजतलास गर्दा सोमबार राति विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button