टीकापुर नगरपालिकाको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममा ७ सय ९१ छोरी दर्ता
टीकापुर, कैलाली । टीकापुर नगरपालिकाले शुरुवात गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममा अहिलेसम्म ७ सय ९१ जना छोरी दर्ता भएका छन् । बालविवाहको अन्त्य गर्ने उद्देश्यले टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ बाट शुरुवात गरेको कार्यक्रममा २०७९ जेठ मसान्तसम्म ७ सय ९१ जना छोरी दर्ता भएका छन् ।
दर्ता भएका छोरी र नगरपालिकाको नाममा कृषि विकास बैङ्क टीकापुरमा संयुक्त रुपमा खाता खोलिएको र सोही खातामा वर्षेनी १/१ हजारका दरले नगरपालिकाले रकम जम्मा गर्ने गरेको टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक सङ्गीता शाहले जानकारी दिनुभयो
नगरपालिकामा दर्ता भएका छोरीहरूको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष १/१ हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्ने र २० वर्षपछि विवाह गर्ने छोरीलाई उक्त रकम प्रदान गरिनेछ । यदि २० वर्ष पहिले विवाह गरेर जाने छोरीलाई नगरपालिकाले उक्त रकम उपलब्ध गराउने छैन । ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ निर्माण गरी सोही अनुसार यो कार्यक्रमलाई अगाडि बढाएको संयोजक शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्