तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मन्दिर सौन्दर्यीकरणको नाउँमा स्वरूप नै बिगार्ने काम भएको छ : महन्थ दास

जनकपुरधाम । जानकी मन्दिरको सौन्दर्यीकरणको नाउँमा विभिन्न निकायहरूले गरेको कामकाज कमसल भएको भन्दै छानबिनका लागि माग गरिइएको छ । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आज मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्दिरको भित्री भागमा लगाइएको जयपुरी मार्बल हटाएर कमसल मार्बल लगाएको र अहिले ती मार्बलहरू फुट्न थालेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिर परिसरमा लगाइएको मार्बल १ वर्ष नपुग्दै फुट्न थालेको छ । साबिकको मार्बल हटाउने काम हुनु गलत रहेको महन्थ दासले जानकारी दिनु भयो । मार्बलको काम निक्कै कमसल भएको पनि महन्थ दासले जानकारी दिनु भयो । 

यसै गरी निक्कै बलियो रहेको फलामको ढोका हटाएर अहिले निक्कै हल्का किसिमको टिनको ढोका राख्ने काम गलत भएको जानकी मन्दिरका महन्थ दासले जानकारी दिनु भयो । 

यसै गरी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले जानकी मन्दिरमा जडान गरेको ११ करोड लागत लगाइएको विद्युतहरु पनि बिग्रेर काम नलाग्ने अवस्थामा पुगेको महन्थ दासले जानकारी दिनु भयो । सो लाइटको प्राविधिक  पक्ष हेर्दै आएका मुकेश लालले धेरै लाइट बिग्रिसकेको पनि बताउनुभयो । 

यसै गरी जनकपुरधामको ऐतिहासिक तेलहा मडहा पोखरीको सौन्दर्यीकरणको काम पोखरीको क्षेत्रफल नै नछुट्याएर क्षेत्रफल घटाउने काम भइरहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिनु भयो । सौन्दर्यीकरणको नाउँमा पोखरीलाई खाल्डोमा परिणत गर्ने काम भएको बताउनुभयो । 

यसै गरी जानकी मन्दिरको पछाडिको भागमा श्रद्धालु भक्तजनहरूको लागि निर्माण गरिइएको शौचालय पनि भत्काउने काम भएको कारणले अहिले भक्तजनहरू समस्यामा परेको महन्थ दासले जानकारी दिनुभयो । 

जानकी जीको नाउँमा भएको भएको विभिन्न कम असल कामहरूमा भ्रष्टाचार भएको भन्दै छानविन गर्नका लागि महन्थ दासले माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button