तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जकी बालिका अछाममा अलपत्र

अछाम । अछाममा एक बालिका अलपत्र अवस्थामा भेटिएकी छन् । आइतबार बेलुका जिल्लाको साँफेबगर नगरपालिका–४ मा सुनिता जोशी नाम गरेकी १२ वर्षीया बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् । बाबुको नाम डिल्ली जोशी र आमाको नाम गोमा जोशी बताउने उनी अलपत्र अवस्थामा फेला परेकी हुन । बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने गरेको बालिकाले बताएकी छन् । 

नेपालगञ्जबाट गाडीका कर्मचारीले जाऊ भनेर ल्याएको र बाटोमै छोडिदिएको उनी बताउँछिन् । बसका कर्मचारीबाटै छाडेपछि स्थानीय समाजसेवी कृष्ण बुढाको सम्पर्कमा आएकी उहाँलाई प्रहरीको जिम्मा लगाइएको छ । 

अलपत्र अवस्थामा भेटिए उहाँलाई इलाका प्रहरी कार्यालय साँफेबगरले सुरक्षित आवास गृह साँफेबगरमा पठाएको छ । अहिले उनी सुरक्षित आवास गृह साँफेबगरमा रहेकी छन् । बालिकाको ठेगाना पत्ता लगाउने कार्य भइरहेको र प्रहरीलाई सञ्चार भइसकेको अछाम प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button