आगलागीमा परी ज्येष्ठ नागरिकको मृत्यु
दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा विद्युत् सर्ट भई घरमा आगलागी हुँदा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
शैलुङ गाउँपालिका–१, दुधपोखरीको ठाडेमा रहेको एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीय ज्येष्ठ नागरिक निभकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
सोमवार बिहान करिब ४ बजेतिर ढुङ्गा माटोले बनेको घरमा आगलागी हुँदा भुईँ तलामा सुतिरहेकी ज्येष्ठ नागरिक मगरको मृत्यु भएको हो ।
आगो माथिल्लो तलामा पुगेपछि मात्र परिवारका अन्य सदस्यले थाहा पाएका थिए । परिवारका अन्य सदस्यहरु घरको माथिल्लो तलामा सुतेकोले बाँच्न सफल भएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्