तपाईँ सुन्दै हुनुहुन्छः

निसाना भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी पोखरामा सुरु

कास्की  । पोखरामा शनिवारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ । 

कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा सुरु भएको प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ । 

प्रदर्शनीमा नेपालका चर्चित काटुनिष्टले तयार पार्नुभएका कुल ५० वटा कार्टुन राखिएको छ ।

जनमानसमा भष्ट्रचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न निसाना शीर्षकमा कार्टुन प्रदर्शनी गरिएको कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले बताउनुभयो । 

यो केवल प्रदर्शनी मात्र नभएर भ्रष्टाचार विरुद्धको सिर्जनात्मक अभियानको सुरुवात भएको उहाँको भनाई छ ।

काठमाडौँमा प्रदर्शनी आयोजना गरिसकेको क्लबले सातै प्रदेशमा पुगेर कार्टुन प्रदर्शन गर्ने तयारी गरेको छ । पोखरा पश्चात् बाँकी प्रदेशमा क्रमिक रुपमा प्रदर्शनीमार्फत पुग्ने अध्यक्ष क्षितिजले जनाउनुभयो ।

कार्टुन प्रदर्शनीले भ्रष्टाचार नियन्त्रणमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको अपेक्षा छ । प्रदर्शनीलाई सफल पार्न सेन्टर फर मिडिया रिर्सच नेपालले सघाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button