समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी
भोजपुर । भोजपुर जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी भएको छ ।
आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काँग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०का अनिशा खड्का विजयी बन्नुभएको हो ।
दलित वा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बन्नुभएको छ ।
त्यस्तै काँग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बन्नुभएको छ भने रुख चिह्नबाट निर्वाचन लड्नुभएकी नेकपा ९एकिकृत समाजवादी०बाट राधिका तामाङले सदस्यमा जित हासिल गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्