खुल्ला रक्तदान सम्पन्न
बारा । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा परवानीपुर गाउँपालिका–५ नौतन बहुअरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले एक कार्यक्रमबिच रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
त्यस अवसरमा मन्त्री यादवले मानवको जीवन बचाउनु राज्यको दायित्व भएको बताउनुहुँदै सेवाभाव सबैमा जागृत हुनुपर्ने धारणा राख्नुभयो ।
जिल्ला स्वच्छ समाज युवा क्लब बहुअरीको सहयोगमा भएको रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्