तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सांसद भद्र बहादुर थापाको निधन

पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का पूर्व सांसद तथा एमाले नेता भद्र बहादुर थापाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

थापा लामो समयदेखि मुटुको रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको रामपुर १० स्थित आफ्नै घरमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

थापा २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष हुनुभएको थियो । त्यसपछि उहाँ पाल्पा जिल्ला विकास समितिको उपसभापति हुनुभएको थियो । २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ मा नेकपा मालेका उम्मेदवार दलबहादुर रानालाई हराउँदै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

थापा पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य हुनुहुन्थ्यो । थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button