बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जना पक्राउ
महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले जलेश्वर नगरपालिका–६ धबौली गाउँमा बोक्सीको आरोपमा कुटपिट भएको घटना सम्बन्ध दुई जनालाई पक्राउ गरेको हो ।
भूतप्रेत लगाएको भनी आरोप लगाई जलेश्वर नगरपालिका–६ धबौली बस्ने दुई महिलालाई चुल्ठो समाती, हात, लात्ती र लाठी समेतले कुटपिट गरी घाइते बनाई ज्यान मार्ने उद्योग समेतको कसुर अपराध गरेको हुँदा घटनामा संलग्न दुई व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका ६ मा बस्ने ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीय सोमन देवी भन्ने सोमारी देवी रहेका छन् ।
प्रहरी पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र घटनामा संलग्न रही हाल फरार रहेका अन्यको समेत खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्