तपाईँ सुन्दै हुनुहुन्छः

ताइवानले स्वतन्त्रताको घोषणा गरे चीनले ‘युद्ध सुरु गर्न हिचकिचाउने छैन’ : बेइजिङ

सिंगापुर। ताइवान स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो ।

“यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, लागत जस्तोसुकै भए तापनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन,” वु कियानले लोइड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गर्नुभयो ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको जनाएको हो । ‘ताइवान चिनियाँ भूमि भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी नहुन नसक्ने चिनियाँ रक्षामन्त्रालयले बताएको हो ।

अमेरिकी रक्षामन्त्रालयले बताएअनुसार सिंगापुरमा भएको वार्ताको क्रममा अस्टिनले आफ्नो चिनियाँ समकक्षलाई बेइजिङले ‘ताइवानतर्फ थप परिवर्तन गर्ने कार्यहरूबाट अलग रहनुपर्छ’ भन्नुभएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button