तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना, अवस्था गम्भीर

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना हुनुभएको छ ।

पछिल्लो तीन हप्तादेखि दुवई स्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

उनीहरूका अनुसार उहाँको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरिरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।

मुसरफको ट्वीटर हेन्डलमै उहाँका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उहाँलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ ।

उहाँको अवस्थामा सुधार होस् भनेर आफुहरुले प्रार्थना गरिरहेको पनि उहाँका आफन्तले बताएका छन् ।

ट््वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने संभावना पनि छैन । उहाँका अधिकांश अंगले काम गरेका छैन्न । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।”

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उहाँले राज्य सत्ता हातमा लिनु भएको थियो ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button