मकवानपुर गोल्डकपः विजय यूथ क्लब हेटौँडा फाइनल प्रवेश
मकवानपुर । हेटौँडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा घरेलु टोली विजय यूथ क्लब हेटौँडा फाइनलमा प्रवेश गरेको छ ।

हेटौँडा–५ को पिप्ले रङ्गशालामा शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय यूथ क्लब फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजय यूथका विदेशी खेलाडी जर्सी नम्बर ३ का पेपेले गरेको गरेको गोल नै निर्णायक बनेको थियो । आजको खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे ।
विजय यूथले अब भोलि हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासँग जेठ ३० गते फाइनल खेल खेल्ने छ । दोस्रो सेमिफाइनल खेलमा भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्