क्षिरेश्वरनाथ नगरपालिकाद्वारा सात वटा सेवा निःशुल्क
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले विभिन्न सात किसिमका सेवा निःशुल्क गरेको छ ।
नगर प्रमुख सुकदेव यादवले वडा स्तरबाट हुने विवाह, जन्म, मृत्यु दर्ता निःशुल्क गरेको बताउनुभयो । यसका साथै नागरिकताको सिफारिस, बसाइसराइ, घर बाटो एवं चार किल्ला पनि निःशुल्क गरिएको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

क्षिरेश्वरनाथ नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गलाई जिल्ला भरिका लागि निःशुल्क सेवा प्रदान गर्ने घोषणा गरेअनुसार आजदेखि लागु गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
आफूले निःशुल्क घोषणा गरेको सबै सेवाहरू कानूनी रुपमा नै गरेको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर साहको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्