तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो

गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल बुधवार साँझ पौने ७ बजे आफैm अनियन्त्रित भई पुलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सूर्य कुमार मिस्त्रीको उपचारका क्रममा बर्दिबासस्थित जनसेवा अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवि राउलले बताउनुभयो ।

यस्तै, दुर्घटनामा घाइते मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राउलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button