क्षति न्यूनीकरणको लागि सुरक्षा अधिकारीद्वारा कोशी क्षेत्रको निरीक्षण

सुनसरी । कोशी परियोजनाको प्रतिनिधि र सुनसरीका सुरक्षा अधिकारीहरू टोली सहित कोशीको पूर्वी तटबन्ध को स्थलगत अवलोकन निरीक्षण गरेको छ ।
वर्षातको मौसममा बाढी र डुबानको सम्भावित क्षति न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थलगत अवलोकन निरीक्षण थालिएको हो ।
अवलोकन निरीक्षणमा कोशीको ब्यारेज देखि माथि ३२.८० कि मि सम्म को करिब १०० बटा स्परको मर्मत सम्भार कार्य सम्पन्न भई सकेको, चतरा देखि तल ६ कि मि तथा थप ९ कि मि क्षेत्रमा रहेको जम्मा ५३ बटा स्परको मर्मत सम्भार भएको तथा कोशी परियोजनाको टोली Floods Fighting को लागि २४ सै घण्टा तयारी अवस्थामा राखिएको स्थलगत अनुगमन बाट कोशी क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवको नेतृत्वमा जिल्ला सुरक्षा निकायका प्रमुखहरूले सम्भावित बाढी र डुबानको क्षेत्रको अनुगमन गर्नुभएको हो । बाढी र डुबानको कारण सम्भावित विपद् व्यवस्थापनमा रोकथाम तथा प्रतिकार्यका हालसम्म भएका कामको समीक्षा गर्दै पूर्व तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ ।
जिल्लाका सुरक्षा निकायका साथै स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्दै विगतका घटनाबाट पाठ सिक्दै स्थानीय तहमा बाढी र डुबानको जोखिममा रहेका स्थान, त्यहाँ बसोबास गर्ने जनसङ्ख्या र घरधुरी यकिन गरी त्यस्ता स्थानमा मनसुन पूर्व तयारी योजना कार्यान्वयनमा लागिपरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्