तपाईँ सुन्दै हुनुहुन्छः

नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको सङ्ख्या ४० पुग्यो

लागोस । नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । 

यहाँका सुरक्षा अधिकारीहरूले बुधवार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो ।

ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधवार दिएको जानकारीअनुसार सो हमलामा परेर अरू ६१ जना घाइते भएका छन् । उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।

ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button