नेपालगञ्जका विद्यालयमा पाँच दिन गर्मी बिदा

नेपालगञ्ज । गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरूमा बिदा दिइएको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बताउनुभयो ।
यस्तै खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्