माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधिका लागि एनएमबि बैंक र विन्ड पावरबीच समझदारी

ललितपुर । प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्ने समझदारी पत्रमा एनएमबि बैंक र विन्ड पावर नेपालबीच संझौता भएको छ ।
हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रअनुसार बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।
हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सकिन्छ ।
उत्पादन चक्र छिटो हुन्छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।
एनएमबि बैंकले एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी गरिरहेको छ ।
बैंकले आइएफसी कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानी कार्यविधि, र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्