तपाईँ सुन्दै हुनुहुन्छः

अछामका एक वडा अध्यक्ष निलम्बित

अछाम । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित अछामका एक वडा अध्यक्ष निलम्बनमा परेका छन् । 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलाका नव निर्वाचित वडा अध्यक्ष सुरतबहादुर रावल निलम्बनमा पर्नुभएको हो । 

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ ।

वडा अध्यक्ष रावलले कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै उनी विरुद्ध मुद्दा चलेको थियो । यो मुद्दा हाल विचाराधीन रहेको छ ।

मुद्दा किनारा नलाग्दासम्म रावल स्वतः निलम्बनमा रहने छन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका रावल नेकपा माओवादी केन्द्रका भीम बहादुर रावललाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button