तपाईँ सुन्दै हुनुहुन्छः

जग्गा नाप्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु

बारा । जग्गा नाप्ने विषयमा विवाद भई झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभु प्र.कुशवाहामाथि जग्गा नाप्ने विषयमा कुटपिट हुँदा उनी गम्भीर घाइते भएका थिए ।

कुश्वाहाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

वादविवाद गरी कुटपिट गर्ने मध्येका किशोरी कुशवाहा र राम प्रवेश महतोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button