तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरको आफ्नै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

विराटनगर–११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ ।

महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने उपमेयर कार्कीले बताउनुभयो ।

उपमेयर कार्कीले सम्पूर्ण महानगरलाई प्रतिनिधित्व हुने गरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो

कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आधुनिक चिकित्साका साथै आयुर्वेद चिकित्सालाई पनि सँगै लानुपर्नेमा वक्ताहरूले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button