तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा ओटिटी सम्बन्धी ४ दिने तालिम सुरु

काठमाडौँ । रेडियो नेपालले अनलाइन माध्यमलाई प्रभावकारी बनाउन ओटिटी सम्बन्धी ४ दिने तालिम आजदेखि सुरु गरेको छ । 

रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आजदेखि सुरु भएको तालिम दैनिक दुई सिफ्टमा चार दिन सम्म सञ्चालन हुनेछ । 

रेडियो नेपालको कार्यक्रम तथा समाचार महाशाखामा कार्यरत कर्मचारीहरूका लागि आयोजना गरिएको तालिमको सहजीकरण उपनिर्देशक रमेश पौडेलले गरिरहनुभएको छ । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले ४ दिनसम्म चल्ने तालिमले रेडियो नेपालको अनलाइन माध्यममा श्रब्यदृष्य सामग्रीसमेत समाहित गरी थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले नयाँ प्रविधिलाई माध्यमका रुपमा जोड्दै पाठक र श्रोताबिच विविधता प्रस्तुत गर्न रेडियो नेपाल अघि बढिरहेको स्पष्ट पार्नुभयो । 

नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले रेडियो नेपालको अनलाइन माध्यमलाई प्रतिस्पर्धी बनाउँदै लैजान कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताउनुभयो । 

त्यस्तै नायव कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले श्रव्यदृष्य सामग्रीलाई थप प्रभावकारी बनाउँदै रेडियो नेपालको अनलाइनलाई प्रतिस्पर्धी बनाउन तालिम उपयोगी हुने धारणा राख्नुभयो । 

तालिम शाखाका प्रमुख एवम् उपनिर्देशक जनार्दन विष्टले श्रव्यदृष्यलगायत रेडियो नेपालले समेट्ने हरेक सामग्रीहरु प्रभावकारी बनाउँदै अनलाइन माध्यमलाई प्रतिस्पर्धी बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button