मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । गएराती परेको चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर–६ हिलादमारकी स्थानीय ३७ वर्षीय माया बाल्पा थिङको मृत्यु भएको हो ।
घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्