प्रशासनिक भवनको उद्घाटन
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ मा जनताका आधारभूत सेवा प्रवाह गर्न सुविधा सम्पन्न आफ्नै भवन सञ्चालनमा आएको छ ।

सोमबार दुहबी नगर प्रमुख वेद नारायण गच्छदारले एक कार्यक्रमबिच सुविधा सम्पन्न नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो ।
साँघुरो कोठाबाट प्रशासनिक सेवा प्रवाह भइरहेकोमा आफ्नै भवन निर्माण भएपछि सहज हुने नगर प्रमुख वेद नारायण गच्छदारको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले दुहबीका वडामा जग्गा व्यवस्थापन गरेर भवन निर्माण गरिनु उदाहरणीय कार्य भएको बताउनुभयो ।
कार्यक्रम वडा नं ८ का अध्यक्ष तारिक चन्द्र सरदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्