लागु औषधसहित १ महिला पक्राउ
बागलुङ । जिल्ला प्रहरी कार्यालयले लागु औषध अफिमसहित एक महिलालाई पक्राउ गरेको छ ।
बागलुङको बुर्तिबाङमा जेठ ४ गते १० केजी अफिम छोडेर भागेकी जिल्लाको रुकुम पूर्वको पूथा उत्तर गङ्गा गाउँपालिका–२ का ३३ वर्षकी राखिला घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
रुकुम घर भई बागलुङमा आफ्नो नाम परिवर्तन गरी अफिमको कारोबार गरेको विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ मा लुकीछिपी बसेको अवस्थामा रुकुम पूर्वको प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
रानाका अनुसार उनको साथबाट १० केजी अफिम सहित तौल गर्न प्रयोग गर्ने औजार, सिम कार्ड, पूथा जडीबुटी सप्लार्यस छापा लगायतका सामाग्री पक्राउ गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्