चितवनबाट पेस्तोलसहित एक जना पक्राउ
चितवन । चितवनबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ बस्ने दिपक पुन मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सवा १ बजे (रातको समय) भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित सृष्टीचोक स्थित चौबीसकोठी रामपुर सडक खण्डमा ना ४५ प २७१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
पुनमगरलाई पक्राउ गरी हातहतियार तथा खजाना कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्