तपाईँ सुन्दै हुनुहुन्छः

हुन्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ

बारा । हुन्डी कारोबार गरेको अभियोगमा बाराका एक जना पुरुष प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगरपालिका घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई नियन्त्रणमा लिएको हो । उनले काठमाडौँको टंकेश्वर कालीमाटीमा हुन्डीको कारोबार गरेको आरोपमा नियन्त्रणमा लिइएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीले अभियुक्त साहको साथबाट रु. १७ लाख ६६ हजार नेपाली रुपियाँ र भारतीय १२ लाख ८ हजार रुपियाँ गरी जम्मा ३७ लाख रुपियाँ बरामद गरिएको जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान गर्न अभियुक्त साहलाई राजस्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button