तपाईँ सुन्दै हुनुहुन्छः

काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा – सर्वेक्षण

काजकिस्तान। काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ ।

काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् ।

त्यसैगरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ ।

मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो ।

सर्वेक्षणमा देशभरीबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् ।

संविधान संशोधन सम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button