तपाईँ सुन्दै हुनुहुन्छः

पुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । 

शेयर बजारका समस्याका बारेमा ज्ञापन पत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरूसँगको छलफलपछि प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई पुँजी बजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको संघका अध्यक्ष राधा पोखरेलले बताउनुभयो ।

नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई बैङ्कहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, पुँजी बजारमा देखिएको अन्यौलता हटाउनुपर्ने लगायत ४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button