तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको रोहिणीमा बस दुर्घटना : मृत्यु भएका ८ जनाको पहिचान खुल्यो (अपडेट)

रुपन्देही । रुपन्देहीको रोहिणीमा आज बिहानै भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ ।

जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा परासी सडक खण्ड अन्तर्गत रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये एक जना पुरुषको भने सनाखत हुन सकेको छैन । सनाखत हुनेहरूमा रुपन्देहीको तिलोत्तमा २ योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, वडा नम्बर ८ की ३७ वर्षीय तुल्सी पौडेल, बुटवल-११ कालिका नगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल,  ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् । 

त्यस्तै रौतहटका २० वर्षीया दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सन्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

बसमा दुई जना चालक र एक जना सह चालकसहित ३२ जना सवार थिए । जसमा २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

बसमा सवार ९ जनाको मृत्यु हुँदा २४ जना घाइते छन् । घाइते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button