तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरूबीच नागरिकतालगायत विचाराधीन विधेयकहरू तथा उपसभामुख चयनका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button