तपाईँ सुन्दै हुनुहुन्छः

विश्व वातावरण दिवस: धनुषामा विभिन्न जताका एक हजार बिरुवा रोपियो

जनकपुरधाम ।  विश्व वातावरण दिवसको अवसरमा उद्योग पर्यटन तथा वन मन्त्रालय, प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालय धनुषाको संयुक्त आयोजनामा धनुषाधाम नगरपालिकाको वडा नंं ४ जगदर नदी उकासमा वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ । 

वन प्राविधिक समाज र मिथिला वाइल्ड लाइफ ट्रष्टको सह आयोजनामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रमको शुभारम्भ मधेस प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गर्नुभएको थियो । 

वृक्षारोपण कार्यक्रममा सहभागीहरूले वन वातावरणको संरक्षण गर्न हरियाली अभिवृद्धि गरी वन संरक्षणमा योगदान गर्ने, जन्मदिन वार्षिकोत्सवमा वृक्षारोपण गर्ने पानीको दुरुपयोग नगर्ने, प्लास्टिक पोलिथिन कमभन्दा कम प्रयोग गर्ने जस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा जामुन, अर्जुन, सिसौ, सिरिस, बर, पिपल, टिक, रुद्राक्ष समेतको १ हजार १ बिरुवा रोपण गरिएको छ । रोपिएका वृक्षहरूको संरक्षणको लागि विशेष व्यवस्था गरिने भएको छ । 

मन्त्रालयका सचिव विष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो, प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवाल, डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनिल कुमार कर्णुले पनि वातावरण दिवसको विषयमा बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button