तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा नेपाल राष्ट्रवादी शक्तिको रुपमा स्थापित हुन्छ : अध्यक्ष थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी आगामी दिनमा बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापित हुने बताउनु भएको छ ।

सो पार्टीले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हिन्दु राष्ट्र स्थापनाका लागि आफ्नो पार्टीले जनजागरण अभियान सञ्चालन गर्ने बताउनुभयो । 

अध्यक्ष थापाले राष्ट्र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकमा संवृद्धि कायम गर्न आफ्नो पार्टी नयाँ सोच र नयाँ विचारका साथ अघि बढ्ने बताउनुभयो ।

थप अधिकार प्रदान गर्दै स्थानीय निकायलाई शक्तिशाली बनाउनुपर्ने उहाँको भनाई थियो । सङ्घीयतालाई बलियो बनाउन   प्रदेशको संरचनामा परिवर्तन गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले राजसंस्था पुर्न स्थापना हुने सम्भावना समाप्त भइसकेकाले राजसंस्था फर्कन्छ भनेर नेपाली जनतालाई झुक्याउने राजनीति नगर्न दलहरूलाई आग्रह गर्नुभयो । उहाँले नेपालको राज्य व्यवस्था कुनै विदेशी शक्तिले चाहँदैमा परिवर्तन नहुने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button