तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक स्रोत साधनलाई सदुपयोग गरी युवालाई रोजगारी दिनुपर्ने : प्रधानमन्त्री देउवा 

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबाट गरिबी हटाई युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । 

काठमाडौमा आज आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभामा प्रधानमन्त्री देउवाले  सुदुरपश्चिम क्षेत्रमा विगतको तुलनामा अहिले हवाई मार्ग र सडक मार्ग मार्फत पूर्वाधारमा विकास भएपनि गरिबीको दर भने नघटेको बताउनुभयो ।

उहाँले सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकासका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । 

प्रधानमन्त्री देउवाले संघ तथा प्रदेशहरुले समन्वय गरी नीति, नियम र कानुन बनाई गरिबी र असमानतालाई हटाउनुपर्ने, विकासको बाढी ल्याउन सबैबीच सहकार्यको आवश्यकता औल्याउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button