मकवानपुरका पहिलो सगरमाथा आरोही कार्की सम्मानित
मकवानपुर । मकवानपुर जिल्लाबाटै पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका विक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाका कार्कीलाई गाउँपालिकाले शुक्रवार नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त खत्री, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले कार्कीलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

मकवानपुरकै पहिलो व्यक्तिका रुपमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर पालिकाको शान बढाएको उल्लेख गर्दै कार्कीलाई शुक्रवार कार्यपालिकाको पहिलो बैठक बस्नुअघि सम्मान गरिएको हो ।
कार्कीले यही जेठ ७ गते शनिबार बिहान ११ बजेर २२ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । बकैया–४, गरगरेका कार्की एसएलसी उत्तीर्ण गरेपछि काठमाडौँमा उच्च शिक्षा अध्ययनसँगै पर्वतारोहण व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्