तपाईँ सुन्दै हुनुहुन्छः

जरायोको सिङ सहित २ पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले दुर्लभ वन्यजन्तु आखेटोपहार सहित दुई जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ का वर्ष २० को सोनु कुमार पाण्डे, महोत्तरीको महोत्तरी गाउँपालिका–३ का वर्ष २० कै रितेश कुमार पाण्डे रहेका छन् ।

उनीहरूले सिमेन्टको बोरामा राखेको अवस्थामा रातो खैरो रङ्गको जरायोका सिङ १ थान, कालो रङ्गको सिङ १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको मोबाइल २ थान पनि सार्वजनिक गरेको छ, उनीहरूलाई सामानसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button