सरकार इन्टरनेट सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन लागिपरेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार इन्टरनेट सेवालाई सर्वसुलभ र पहुँच योग्य बनाउन लागि परेको बताउनुभएको छ ।
नेपाल टेलिकमको आयोजनामा आज काठमाडौँमा आयोजित डिजिटल इकोनोमी कन्क्लेभमा सञ्चार मन्त्री कार्कीले इन्टरनेट सेवालाई दुरदराज सम्मका नागरिकसम्म पु¥याउन सरकारले डिजिटल नेपाल फे्रमवर्कलाई प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो ।
मन्त्री कार्कीले समुन्द्र किनारसम्म केबल स्थापना गरी मुलुकको आफ्नै सामर्थ्यमा ईन्टरनेटसेवा सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुभयो ।
उहाँले सरकारी कार्यालयमा कागज रहित अवधारणा लागु गरिएको भन्दै सरकारको ९० प्रतिशत खर्चको भुक्तानी डिजिटल प्रणाली मार्फत हुने गरेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्