बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदहरूमा नियुक्ति

सुनसरी । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र कार्कीले प्रतिष्ठानमा विभिन्न पदहरूमा नियुक्ति गर्नुभएको छ ।
प्रतिष्ठानको सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन प्रवक्तामा एनेस्थेसियोलोजी विभागकी प्रा.डा.कृष्णा पोखरेललाई नियुक्त गरिएको छ ।
त्यसैगरी, अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउन एक जना डेपुटी अस्पताल निर्देशक तथा दुई जना सहायक अस्पताल निर्देशकको जिम्मेवारी दिइएको छ ।
डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा.जगत नारायण प्रसादलाई नियुक्त गरिएको छ भने अस्पताल सेवा अन्तर्गत वार्डहरू, ओ.टी र इमर्जेन्सी सेवाहरूको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित सञ्चालनार्थ सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाललाई तथा अस्पताल सेवा अन्तर्गत ओ.पी.डी. डेन्टल ओ.पी.डी., ल्याब सेवाहरू र रेडियोलोजी सेवाहरूको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित सञ्चालनार्थ अर्का सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका असिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बुलाई नियुक्त गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्