कैलालीमा हतकडीसहित थुनुवा फरार
धनगढी । कैलालीमा हतकडीसहित एक जना थुनुवा फरार भएका छन् ।
ईलाका प्रहरी कार्यालय सुख्खडमा रहेका थुनुवा घोडाघोडी नगरपालिका–२ का कृष्ण पाण्डेय हतकडीसहित फरार भएको प्रहरीले जनाएको छ ।
सुख्खड बजारस्थित घोडाघोडी अस्पतालमा उपचारपछि फर्कने क्रममा पाण्डेय फरार भएको बताइएको छ ।
जेठ १४ गते उनी लागू औषधसहित उनीसहित दुई जना पक्राउ परेका थिए । फरार पाण्डेयको खोजी कार्यमा प्रहरी टोली लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्