तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा उपचार शिविरबाट ३०० लाभाविन्त

बेनी।  म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट ३०० बढी लाभान्वित बनेका छन् । 

म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सञ्चालित जेसीज सप्ताहको चौथो दिन बुधबार जेसीज पुलाचौरमा शिविर आयोजना गरिएको थियो । 

शिविरमा ३०५ ले आँखा परीक्षण सेवा लिएको म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँको नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण सेवा दिनुभएको थियो ।

  शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि, १०५ जनालाई चस्मा वितरण गरिएको छ । शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले जानकारी दिनुभयो । 

म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजनार नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा  वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् । शिविरको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बाँनियाले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button