महानगरपालिकाको समस्या समाधानमा पूर्ण सहयोग रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो ।
भेटमा प्रधानमन्त्रीले साहलाई काठमाडाैँ महानगरपालिकाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिनुभयो । प्रमुख साहले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्