बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का चाथर कुमाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहान ११:३० बजे सोही वडाको नवजागृति सामुदायिक वनमा निउरो र च्याउ टिप्न जाँदा कुमाललाई बाघले आक्रमण गरेको थियो ।
आक्रमण भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला र वडा सहितको प्रहरी टोलीले मृत अवस्थामा उनलाई फेला पारेका थिए । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्