चोरीको सामान सहित चोर पक्राउ
जनकपुरधाम । जनकपुरधाममा कोही नभएको मौका छोपी घरको ताल्चा फोडेर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने वर्ष २० का मो. नियामत दर्जी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जेठ ७ गते मध्य रातको समयमा रामेश्वर चौधरीको घरमा ढोकाहरूको ताल्चा फोडेर सरसामान चोरी गरेको आरोप दर्जीमाथि छ ।
प्रहरीले दर्जीलाई चोरिएका सामानसहित पक्राउ गरेको छ । चौधरीको घरबाट ल्यापटप ३ थान, सामसुङ कम्पनीको ट्याव १ थान, एमआई कम्पनीको मोबाईल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो ।
चोरिएका सामान स्थानीय कलवार कुटी अगाडी चौरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । दर्जीलाई नियन्त्रणमा लिई चोरी शीर्षक मुद्दामा म्याद गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
केही दिन पूर्व जनकपुरधामको वडा नंं ८ कै जनता समाजवादी पार्टीका नेता अरुण कुमार झाको घरबाट पनि ताल्चा फोडेर सामानहरू चोरिएका थिए । विगत केही समय यता जनकपुरधाममा चोरीको घटनामा वृद्धि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्