नापी कार्यालय भैरहवाका अमिन ३० हजार घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
सिद्धार्थनगर १२ स्थित जग्गाको हालसाविकमा लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको आयोगका सूचना अधिकारी वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्