राष्ट्रिय सभामा बजेट माथिको छलफल सुरु
काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०७९÷०८०को राजस्व र व्ययको अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८०को राजस्व र व्ययको अनुमान माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भए सँगै आगामी बजेट माथिको छलफल सुरु भएको हो ।
बैठकमा भाग लिनुहुँदै सांसद रमेशजङ्ग रायमाझीले बजेटले कृषि,पर्यटन, सडक पूर्वाधार लगायत सबै क्षेत्र समेटेको भन्दै बजेट जनताको पक्षमा आएको बताउनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सभामा आज र भोलि बजेट माथि छलफल हुने र भोलि अर्थमन्त्री शर्माले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्