तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले १६९ वटा बुँदामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको छ ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको प्रस्तुत नीति कार्यक्रमले देखाएको छ । बागमती प्रदेश सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेशभित्रका सञ्चालनमा रहेका सञ्चार गृहहरूको व्यवस्थित सञ्चालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताउनुभयो ।

बागमती प्रदेश सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरूमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रङ्गशाला निर्माण गर्ने योजना अघि बढाएको प्रदेश प्रमुख शर्माले बताउनुभयो ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

प्रतिक्रिया राख्नुहोस्

Back to top button